सार्वजनिक सवारीको नयाँ दर्तामा अस्थायी रोक, विद्युतीय गाडी पनि दर्ता नहुने

छानबिन न्यूज
पाठक संख्या 58
1 Min Read
Oplus_16908288

८ जेठ,काठमाण्डाैं । सरकारले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्तामा अस्थायी रोक लगाउने निर्णय गरेको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ उपदफा (३) को कानुनी व्यवस्थाअनुसार गरिएको यस निर्णयले वातावरणीय असर, सडकको अवस्था, सवारी चाप वा सार्वजनिक हितसँग सम्बन्धित अन्य कारण देखिएमा निश्चित प्रकारका सवारी साधनको दर्ता रोक्न यातायात व्यवस्था विभागलाई अधिकार दिएको स्पष्ट पार्दै विभागले बिहीबार सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा स्थानीय तहलाई परिपत्र पठाउँदै विद्युतीय सार्वजनिक सवारी साधनसमेत नयाँ दर्ता नगर्न निर्देशन दिएको जनाएको छ।

सार्वजनिक यातायातको प्रभावकारी तथा वैज्ञानिक व्यवस्थापन अभावका कारण यात्रु आवागमनमा समस्या बढ्दै गएको, इन्धनको मूल्यवृद्धि र सवारी साधनको अत्यधिक चापले सडक व्यवस्थापन थप चुनौतीपूर्ण बनेको निष्कर्ष निकाल्दै बढ्दो वायु प्रदूषण, सवारी चाप, ट्राफिक जाम तथा सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको अव्यवस्थालाई मुख्य कारण मान्दै यस्तो कदम चालिएको विभागले जनाएको छ।

प्रतिक्रिया
शेयर