दीपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालको इनिङ्स अघि बढ्दै

छानबिन न्यूज
पाठक संख्या 46
1 Min Read
Oplus_16908288

१२ बैसाख,काठमाण्डाैं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको महत्त्वपूर्ण खेलमा नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीले सानदार अर्धशतकीय इनिङ्स खेलेका छन्।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती झड्का व्यहोरे पनि दीपेन्द्रले ५९ बलमा ४ चौका र १ छक्काको मद्दतमा आफ्नो ओडिआई करियरको छैटौं अर्धशतक पूरा गर्दै टोलीलाई सम्हालेका हुन्।

ताजा स्थितिमा नेपालले ३४.१ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १३९ रन जोडेको छ भने क्रिजमा जमेका दीपेन्द्रको यो प्रदर्शनले नेपाललाई चुनौतीपूर्ण योगफलतर्फ डोर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
शेयर