थापाथलीका सुकुम्बासी बस्तीमा डोजर: त्रिपुरेश्वरमा विवरण संकलन र कीर्तिपुर स्थानान्तरणको तयारी

छानबिन न्यूज
पाठक संख्या 38
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१२ बैसाख,काठमाण्डाैं । सरकारले शनिबार बिहानैदेखि काठमाडौँ उपत्यकाका मुख्य सुकुम्बासी बस्तीहरू खाली गराउन सुरु गरेसँगै थापाथलीस्थित बागमती नदी किनारका बासिन्दाहरूमा हलचल मच्चिएको छ।

बस्ती खाली गराउने कार्य तीव्र पारिएपछि बिहान ११ बजेदेखि नै सुकुम्बासीहरू सरकारी सम्पर्कमा आउन थालेका थिए भने दिउँसो १ बजेसम्म २२ परिवारले आफूहरू घरवारविहीन भएको भन्दै आफ्नो विवरण सरकारी टोलीलाई बुझाएका छन्।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ उपत्यका विकास प्राधिकरणले अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा छुट्टाछुट्टै डेस्क स्थापना गरी सुकुम्बासीहरूको ‘स्क्रिनिङ’ र विवरण संकलन गरिरहेका छन् भने विवरण प्रविष्ट भएका परिवारहरूलाई तत्कालका लागि कीर्तिपुरस्थित राधास्वामी आश्रममा स्थानान्तरण गर्ने तयारी मिलाइएको छ।

प्रतिक्रिया
शेयर