मन्त्रिपरिषद्को निर्णय: जेनजी आन्दोलनका दोषी र सुरक्षा त्रुटि छानबिन गर्न नयाँ समिति

छानबिन न्यूज
पाठक संख्या 130
1 Min Read
Oplus_16908288

२ बैसाख,काठमाण्डाैं । नेपाल सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा सुरक्षा संयन्त्रको भूमिकाबारे अध्ययन गरी आवश्यक सिफारिस पेस गर्न एक नयाँ समिति गठन गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।

जसमा सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक टेकप्रसाद राईलाई सदस्यको रूपमा चयन गरिएको छ।

यो समितिले मुख्य रूपमा सुरक्षा निकायको कार्यसम्पादन र प्रतिवेदनका सुझावहरूलाई कसरी प्रभावकारी रूपमा लागू गर्ने भन्ने विषयमा केन्द्रित रहेर सरकारलाई आफ्नो राय र सिफारिस उपलब्ध गराउनेछ।

प्रतिक्रिया
शेयर