संसद्कै कान्छी सदस्य रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

छानबिन न्यूज
पाठक संख्या 31
1 Min Read
Oplus_16908288

२७ चैत,बारा । प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी २५ वर्षीया सांसद रुबीकुमारी ठाकुर भारी मतका साथ निर्वाचित भएकी छन्।

आज भएको निर्वाचनमा कूल उपस्थित २५६ सांसदमध्ये ठाकुरले २२९ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी राप्रपाकी सरस्वती लामाले मात्र ५ मत पाइन्।

सत्ता साझेदार दलहरू रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन पाएकी ठाकुर नेपालकै इतिहासमा सबैभन्दा कम उमेरकी उपसभामुख र वर्तमान संसद्कै कान्छी सदस्य समेत बनेकी छन्।

मधेसी महिला कोटाबाट समानुपातिक प्रणालीमार्फत संसद् छिरेकी ठाकुरको चयनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका २५ सांसदमध्ये २२ जना तटस्थ बसेका थिए।

प्रतिक्रिया
शेयर