प्रधानमन्त्री शाहद्वारा श्रममन्त्रीलाई पदमुक्त गर्ने तयारी

छानबिन न्यूज
पाठक संख्या 91
1 Min Read
Oplus_16908288

२६ चैत,काठमाण्डाैं । नियुक्ति भएको दुई हप्ता नपुग्दै प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने गृहकार्य सुरु गरेका छन्।

महोत्तरी २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं जनस्वास्थ्य विज्ञका रूपमा चिनिने साहको कार्यसम्पादनप्रति प्रधानमन्त्री सन्तुष्ट नभएपछि उनलाई हटाएर नयाँ अनुहार ल्याउने तयारी गरिएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।

लण्डन स्कुल अफ इकोनोमिक्स र लण्डन स्कुल अफ हाइजिन जस्ता प्रतिष्ठित संस्थाबाट उच्च शिक्षा हासिल गरेका र नेपाल दृष्टि विशेषज्ञ संघको नेतृत्व समेत सम्हालिसकेका साहले मन्त्री पद सम्हालेको आज १४ औं दिन पुग्दै गर्दा उनलाई आजै बिदाइ गर्ने सम्भावना देखिएको छ।

प्रतिक्रिया
शेयर