डडेल्धुरा जाँदै गरेको जीप कृष्णपुरमा दुर्घटना, दुई स्थानीयको ज्यान गयो

छानबिन न्यूज
पाठक संख्या 79
1 Min Read

२६ चैत,कैलाली । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियामा एक जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। डडेल्धुरातर्फ जाँदै गरेको से १ ज २९० नम्बरको जीप भित्री ग्रामीण कच्ची सडकबाट तल खसेर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–१ का ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावति देवी बोहरा रहेका छन्।

दुर्घटनामा परेर घाइते भएका ६ जनालाई उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
शेयर