मोटरसाइकल आपसमा ठोक्किएर आगलागी हुँदा महोत्तरीमा तीन परीक्षार्थीको घटनास्थलमै मृत्यु

छानबिन न्यूज
पाठक संख्या 87
1 Min Read

२४ चैत,बारा । जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा आज विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।

 अन्य तीन जना गम्भीर घाइते भएका छन् । प्रारम्भिक अनुसन्धान अनुसार मृतक तथा घाइतेहरू एसईई परीक्षा दिएर फर्किरहेका विद्यार्थीहरू भए तापनि उनीहरूको विस्तृत पहिचान खुल्न बाँकी रहेको महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिएका छन् ।

तीव्र ठक्करका कारण दुवै मोटरसाइकल पूर्ण रूपमा जलेर नम्बर प्लेटसमेत नदेखिने अवस्थामा पुगेका छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको मध्यम रहेको छ ।

हाल घाइतेहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
शेयर