काठमाडौंमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप: स्थिति तनावग्रस्त, केही घाइते

छानबिन न्यूज
पाठक संख्या 62
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१५ चैत,बारा । काठमाडौंको माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढिरहेका नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच आज दिउँसो झडप भएको छ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको थियो भने आन्दोलनकारीका तर्फबाट ढुंगा प्रहार भएको थियो।

यस हिंसात्मक मुठभेडका क्रममा केही प्रदर्शनकारीहरू घाइते भएका छन्, जसमा एक जनाको टाउकोमा गम्भीर चोट लागेको खबर प्राप्त भएको छ। अहिले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र वातावरण अझै तनावपूर्ण रहेको छ।

Oplus_16908288
Oplus_16908288
Oplus_16908288
प्रतिक्रिया
शेयर