जेनजी दमन प्रकरण: पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुस्थित निजी निवासबाटै पक्राउ

छानबिन न्यूज
पाठक संख्या 114
0 Min Read
Oplus_16908288

​१४ चैत,काठमाण्डाैं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोलीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनको गुण्डुस्थित निवासबाटै पक्राउ गरेको छ।

उनलाई पक्राउ गर्न प्रहरी टोली गएराति देखि नै ओली निवास पुगेको थियो भने आज बिहान घरभित्रै प्रवेश गरेर उनलाई नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले  पूर्वप्रधानमन्त्री ओलीलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।

प्रतिक्रिया
शेयर