इटहरीको पूर्वाञ्चल बेकरी क्याफेको आगलागी नियन्त्रणमा

छानबिन न्यूज
पाठक संख्या 147
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

११ चैत,बिराटनगर । सुनसरीको इटहरीस्थित धरान रोडमा रहेको पूर्वाञ्चल बेकरी क्याफेको भान्साबाट आज बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी सुरक्षाकर्मी, स्थानीयवासी र छिमेकी पालिकाबाट आएका दमकलको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा आएको छ।

इटहरी उपमहानगरपालिकाका दुईवटा दमकल जेनजी आन्दोलनका क्रममा जलेर प्रयोगविहीन अवस्थामा रहेकाले आगो निभाउन धरान, इनरुवा र रामधुनी नगरपालिकाका दमकलहरू प्रयोग गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार आगलागीको कारण र त्यसबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य अहिले भइरहेको छ।

प्रतिक्रिया
शेयर