सुरक्षा जोखिमका कारण मध्यपूर्व छोड्न अमेरिकी नागरिकलाई ‘ट्राभल एडभाइजरी

छानबिन न्यूज
पाठक संख्या 108
1 Min Read

१९ फागुन,काठमाण्डाैं ।  मध्यपूर्व क्षेत्रमा इरान र उसका विरोधीहरूबीच बढ्दो सैन्य गतिविधि तथा क्षेप्यास्त्र प्रहारका कारण उत्पन्न ‘गम्भीर सुरक्षा जोखिम’ लाई ध्यानमा राख्दै अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकहरूलाई तुरुन्त व्यावसायिक उडानमार्फत ती देशहरू छोड्न आग्रह गरेको छ।

मार्च २ मा जारी विशेष सुरक्षा अपडेटमा बहराइन, इजिप्ट, इजरायल, लेबनान, साउदी अरेबिया र युएई लगायत १५ वटा मुलुक तथा क्षेत्रमा रहेका अमेरिकीहरूलाई क्षेत्रीय अस्थिरता र शत्रुतापूर्ण वातावरणका कारण तत्काल प्रस्थान गर्न भनिएको हो।

खलीज टाइम्सका अनुसार हवाई अवरोध र सुरक्षा घटनाहरूले चिन्ता थपेपछि खाडी मुलुकहरूले सतर्कता स्तर बढाएका छन् भने अमेरिकी विदेश विभागले आफ्ना नागरिकको सहयोगका लागि २४ घण्टा आपतकालीन हटलाइन समेत सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया
शेयर