इरानको हवाई आक्रमणमा एक नेपालीको मृत्यु, ५८ विदेशी नागरिक घाइते

छानबिन न्यूज
पाठक संख्या 205
1 Min Read

१७ फागुन,काठमाण्डाैं ।  इरानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई लक्षित गरी गरेको पछिल्लो भीषण हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाको ज्यान गएको छ।

यूएईको रक्षा मन्त्रालयका अनुसार आक्रमणमा नेपाल, पाकिस्तान र बंगलादेशका एक/एक जना नागरिकले ज्यान गुमाएका हुन् भने नेपाल, भारत, फिलिपिन्स र इजिप्टसहित १५ देशका ५८ जना सामान्य घाइते भएका छन्।

यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले एक नेपालीको मृत्यु भएको पुष्टि गर्दै मृतकको पहिचान खुलाउने प्रयास भइरहेको जानकारी दिनुभएको छ।

इरानले १६५ ब्यालेस्टिक मिसाइल, दुई क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार गरेकोमा यूएईको रक्षा प्रणालीले अधिकांशलाई आकाशमै नष्ट गरे तापनि बस्तीमा खसेका २१ वटा ड्रोनका कारण मानवीय क्षति भएको हो।

हाल घाइतेहरूको अवस्था खतरामुक्त रहेको र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
शेयर