झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना: सात जनाको मृत्यु

छानबिन न्यूज
पाठक संख्या 193
1 Min Read

१२ फागुन,काठमाण्डाैं ।  भारतको झारखण्ड राज्यस्थित चत्रा जिल्लामा सोमबार साँझ दिल्लीतर्फ जाँदै गरेको एक एयर एम्बुलेन्स दुर्घटना हुँदा त्यसमा सवार सबै सात जनाको मृत्यु भएको छ।

रेडबर्ड एयरवेज प्रा.लि.द्वारा सञ्चालित बिचक्राफ्ट सी-९० विमान राँची विमानस्थलबाट साँझ ७:११ बजे उडेको केही समयमै सम्पर्कविहीन भएको र पछि चत्राको कासारिया पञ्चायत क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरूले पुष्टि गरेका छन्।

बिरामी बोकेर दिल्लीतर्फ गइरहेको उक्त विमान साँझ ७:३० बजेतिर सिमारिया क्षेत्र नजिकै दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रतिक्रिया
शेयर