नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न

छानबिन न्यूज
पाठक संख्या 141
1 Min Read

१० फागुन,काठमाण्डाैं ।  देशभरका ४३ जिल्लामा नेपाली सेनाले निर्वाचन सामग्री पुर्‍याएको छ भने बाँकी जिल्लाहरूमा पनि सामग्री लैजाने कार्यलाई तीव्रता दिएको छ ।

निर्वाचन पूर्वको जिम्मेवारी अन्तर्गत ढुवानी कार्यमा जुटेको सेनाले हालसम्म ४३ जिल्लामा काम सम्पन्न गरेको र १२ जिल्लामा पठाउने प्रक्रिया जारी रहेको सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार बाँकी रहेका २२ जिल्लाहरूमा पनि क्रमशः सामग्री पुर्‍याइनेछ । भौगोलिक विकटताका कारण हुम्ला, मुगु र डोल्पा जस्ता हिमाली जिल्लाहरूमा हवाई साधनमार्फत ढुवानी गरिएको छ, जहाँ आइतबार मात्रै सेनाको स्काई ट्रकमार्फत मतपत्र, मतपेटिका, मार्कर, स्वस्तिक छाप र मतदाता नामावलीजस्ता आवश्यक सामग्री डोल्पा पुर्‍याइएको छ ।

सेनाले अब मनाङ र मुस्ताङमा पनि हवाई मार्गबाटै निर्वाचन सामग्री लैजाने तयारी गरिरहेको छ ।

प्रतिक्रिया
शेयर