बारा र पर्साको सीमावर्ती भेडियाहीमा अवैध जुवाको अखडा: प्रहरीकै मिलेमतोको

छानबिन न्यूज
पाठक संख्या 145
1 Min Read
Oplus_16908288

२८ माघ,बारा । बारा र पर्सा जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने भेडियाहीस्थित एक बन्द अवस्थामा रहेको कुखुरा फार्ममा विगत ५-६ महिनादेखि दैनिक रूपमा ठुलो परिमाणमा जुवातास भइरहेको विशेष सूचना प्राप्त भएको छ।

स्थानीयका अनुसार एकान्तमा रहेको उक्त फार्ममा दैनिक दिउँसो २ बजेदेखि नै जुवाको खाल जम्ने गर्दछ, जहाँ नेपाल र भारतका नामुद जुवाडेहरूको बाक्लो उपस्थिति रहने गरेको छ।

पर्साका स्थानीय व्यक्तिहरू शङ्कर र रविन्द्रले सञ्चालन गरेको भनिएको उक्त खालमा दैनिक लाखौँको हारजित हुने गरेको र यसका कारण कैयौँ परिवारको बिचल्ली हुनुका साथै धेरैको घरबार समेत बिग्रिएको पीडित पक्षको गुनासो छ।

सडकमा मोटर साइकल र गाडीहरूको लाइन लागे पनि एकान्त खेतको बिचमा रहेको फार्ममा कुखुरा पालन नगरी केवल जुवाका लागि प्रयोग गरिएको पाइएको छ।

महिनौँदेखि खुलेआम रूपमा यस्तो गैरकानुनी कार्य हुँदा पनि बारा र पर्सा दुवै जिल्लाका प्रहरी प्रशासनले कुनै कदम नचाल्नुले सुरक्षा निकायको समेत मिलेमतो रहेको गम्भीर आरोप स्थानीयले लगाएका छन्।

प्रतिक्रिया
शेयर