ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा ४ म्याग्निच्युडको भूकम्प

छानबिन न्यूज
पाठक संख्या 21
0 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

२७ माघ,काठमाण्डाैं ।  आज मंगलबार बिहान २ बजेर ४७ मिनेट जाँदा ताप्लेजुङको कञ्चनजंघा आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल–भारत सीमा क्षेत्र नजिकै गएको उक्त भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा महसुस गरिएको थियो ।

रातिको समयमा गएको यस भूकम्पबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया
शेयर