२५ माघ,काठमाण्डाैं । आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा इङ्ल्यान्डले नेपालसामु १८४ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रनको योगफल तयार पारेको हो ।
इङ्ल्यान्डका लागि मध्यक्रमका ब्याटरहरूले उत्कृष्ट प्रदर्शन गर्दा नेपाली बलरहरूले सुरुवातमा केही दबाब सृजना गरे पनि अन्तिम ओभरहरूमा रन रोक्न कठिन भएको थियो ।
जवाफी ब्याटिङका लागि केही बेरमा मैदान उत्रन लागेको नेपाललाई यो लक्ष्य भेट्टाउन प्रतिओभर ९.२५ को रनरेट कायम राख्नुपर्ने चुनौती रहेको छ ।
प्रतिक्रिया
