रौतहटमा रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु, चालक फरार

छानबिन न्यूज
पाठक संख्या 28
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

२२ माघ,राैतहट ।  रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम चढेको बा१५च ४२४४ नम्बरको कारले ठक्कर दिँदा बिहीबार दिउँसो एक चार वर्षीया बालिकाको मृत्यु भएको छ।

दिउँसो २:३० बजेको समयमा तीव्र गतिमा रहेको उक्त सवारीले इशनाथ नगरपालिका वडा नम्बर ४ मठियाकी अल्फा खातुनलाई ठक्कर दिएको र गम्भीर घाइते भएकी उनलाई उपचारका लागि सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा ज्यान गएको हो।

घटनालगत्तै घाइतेलाई अस्पताल पुर्‍याएका चालक बालिकाको मृत्यु भएपछि त्यहींबाट फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन्।

हाल ठक्कर दिने गाडी प्रहरी नियन्त्रणमा रहेको छ भने फरार चालकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
शेयर