ईर्साद अन्सारी
२१ माघ,बारा । सर्लाहीको ईश्वरपुरस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान लु३च ५४७२ नम्बरको निजी कार दुर्घटना हुँदा बुटबल उपमहानगरपालिका–१ का २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
काँकरभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको उक्त कार दुर्घटनामा परी घाइते भएका चालक २३ वर्षीय साहिल बर्मा, ४८ वर्षीय वृजकिशोर बर्मा र ५२ वर्षीय सञ्जय जैसवालको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए ।
प्रहरीका अनुसार घाइतेमध्ये सञ्जय जैसवालको अवस्था गम्भीर रहेको छ ।
प्रतिक्रिया
