गेम खेल्न रोक्दा गाजियाबादमा तीन दिदीबहिनीद्वारा आत्महत्या

छानबिन न्यूज
पाठक संख्या 31
1 Min Read
Oplus_16908288

२१ माघ,काठमाण्डाैं ।  उत्तर प्रदेशको गाजियाबादस्थित भारत सिटी सोसाइटीमा अनलाइन गेमिङको गहिरो लतका कारण एउटै परिवारका तीन दिदीबहिनीले ज्यान गुमाएको हृदयविदारक घटना सार्वजनिक भएको छ।

१६, १४ र १२ वर्षका ती बालिकाहरूले मंगलबार राति अपार्टमेन्टको नवौँ तलाबाट एकअर्काको हात समातेर हाम फाली सामूहिक आत्महत्या गरेका हुन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरू अधिकांश समय मोबाइल गेममै व्यस्त रहने गर्थे र घटनाको रात पनि गेम खेलिरहेकै अवस्थामा परिवारले अवरोध गरेपछि विवाद उत्पन्न भएको थियो।

परिवारका सदस्यहरूले सम्झाउन खोज्दा उल्टै आक्रोशित बनेका उनीहरूले रिसको आवेगमा आएर यस्तो आत्मघाती कदम चालेको प्रारम्भिक रिपोर्टले देखाएको छ। घटनास्थलबाट कुनै सुसाइड नोट फेला नपरेको हुनाले प्रहरीले मोबाइल फोन र गेमिङ हिस्ट्रीलाई केन्द्रित गर्दै थप कानुनी अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया
शेयर