२० माघ,काठमाण्डाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं रुम्जाटार गाविसका तत्कालीन अध्यक्ष सिताराम गुरुङले ओखलढुंगामा पार्टीका उम्मेदवार अम्बिरबाबु गुरुङलाई सहयोग गर्न नसक्ने भन्दै पदबाट राजीनामा दिएर नेकपा एमालेमा समाहित भएको घोषणा गरेका छन्।
अम्बिरबाबु र उनको टिमसँगको असहमतिबीच नेकपामा प्रवेश गरी केन्द्रीय सदस्यको शपथसमेत लिएका गुरुङले, अन्तिम समयमा अम्बिरबाबुले एमाले छाडेर नेकपाबाटै टिकट पाएपछि असन्तुष्टि जनाउँदै पार्टी छाड्ने निर्णय लिएका हुन्।
मुलुक र जिल्लाको विकासका लागि संकटको घडीमा एमाले नै आवश्यक रहेको ठहर गर्दै उनले अब ओखलढुंगामा एमाले उम्मेदवार अस्मिता थापालाई जिताउन आफू पूर्ण रूपमा क्रियाशील रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
प्रतिक्रिया
