त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी घुस रकम र २३ थान मोबाइलसहित पक्राउ

छानबिन न्यूज
पाठक संख्या 171
1 Min Read
Oplus_16908288

१९ माघ,काठमाण्डाैं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार दुई लाख ६८ हजार २८८ रुपैयाँ घुस र २३ थान मोबाइलसहित नियन्त्रणमा लिएको छ।

नेपालबाट कुरिअरमार्फत सामान पठाउने क्रममा सेवाग्राहीसँग घुस लिएको विशेष उजुरीका आधारमा टंगालबाट खटिएको टोलीले वैदेशिक हुलाक भन्सार शाखाका अधिकृत न्यौपाने, हुलाक सेवा विभागका नासु छविप्रसाद रिजाल र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीलाई पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, कार्यालय सहयोगी पुडासैनीको कार्यकक्ष र साथबाट १ लाख ४६ हजार ४२० रुपैयाँ तथा नासु रिजालको साथबाट घुस र स्रोत नखुलेको गरी ३८ हजार ८४८ रुपैयाँ बरामद गरिएको छ।

कर्मचारीहरू र अन्य शंकास्पद व्यक्तिहरूबाट बरामद गरिएका २३ थान मोबाइलसहित हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया
शेयर