संविधान रक्षा र संसद पुनःस्थापनाको माग गर्दै नागरिक युवा समाजद्वारा प्रदर्शन

छानबिन न्यूज
पाठक संख्या 213
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१३ माघ,काठमाण्डाैं ।  प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै नागरिक युवा समाजमा आवद्ध युवाहरूले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।

“संविधान बचाऔँ, संसद फर्काऔँ” जस्ता प्लेकार्डसहित उत्रिएका प्रदर्शनकारीहरूले देशलाई विधि र थितिमा चलाउनका लागि पनि विघटित संसदको वैधानिक पुनःस्थापना अनिवार्य रहेको जिकिर गरेका छन्।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा अदालतबाट संविधानको रक्षा हुने गरी छिटो फैसला आउने विश्वास व्यक्त गर्दै उनीहरूले लुटिएको जनमत फिर्ता गर्न माग गर्दै नाराबाजी समेत गरेका थिए।

प्रतिक्रिया
शेयर