स्टन्ट गर्नेहरूलाई स्थापित गर्न विदेशी शक्तिले लगानी गरे: प्रचण्ड

छानबिन न्यूज
पाठक संख्या 199
1 Min Read
Oplus_16908288

१३ माघ,काठमाण्डाैं ।  नेकपाका संयाेजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार र सिद्धान्तभन्दा पनि ‘स्टन्ट’ को भरमा चर्चामा आउनेहरूलाई स्थापित गराउन देशी–विदेशी शक्तिहरूले ठुलो लगानी गरिरहेको आरोप लगाएका छन ।

मंगलबार काठमाडौंमा आयोजित चुरे भावर पार्टीसँगको एकता तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्याग र बलिदानको राजनीतिलाई पाखा लगाएर केवल चर्चाका लागि काम गर्नेहरूलाई प्रवद्र्धन गरिनु मुलुकका लागि सुखद नभएको बताए ।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाह (बालेन) जस्ता पात्रहरूतर्फ संकेत गर्दै दाहालले यस्ता शक्तिहरूले भ्रष्टाचार विरुद्धको अभियान र सामाजिक न्यायको मुद्दालाई वास्तविक रूपमा भन्दा पनि प्रचारमुखी शैलीमा मात्रै अघि बढाएको जिकिर गरे ।

बाह्य शक्तिको चलखेलबाट जोगिन र देशको हितमा काम गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूबिचको ध्रुवीकरण अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्न आफूले एकता प्रक्रियालाई तीव्रता दिएको समेत स्पष्ट पारे ।

प्रतिक्रिया
शेयर