प्रेस चौतारी बाराको बैठकद्वारा चुनावी माहोल तताउने निर्णय, एमाले उम्मेदवारका पक्षमा जनलहर सिर्जना गरिने

छानबिन न्यूज
पाठक संख्या 61
1 Min Read

१० माघ,बारा । ​प्रेस चौतारी नेपाल बाराको तेस्रो पूर्ण बैठक बाराको पिलुवामा भव्य रूपमा सम्पन्न भएको छ, जसले आगामी प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरूको पक्षमा व्यापक जनमत र चुनावी जनलहर सिर्जना गर्ने ठोस निर्णय गरेको छ ।

प्रेस चौतारी बाराका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा भएको उक्त बैठकमा नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेले पत्रकारहरूलाई पार्टीको नीति र एजेण्डा जनतासम्म पुर्‍याउन आग्रह गर्नुभयो ।

बैठकमा प्रचार तथा प्रकाशन विभाग प्रमुख पुरुषोत्तम साह, प्रेस चौतारी मधेश प्रदेश इन्चार्ज अच्युत पौडेल, सह-इन्चार्ज एवं नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी, र बारा इन्चार्ज रमेश तिमल्सिनाले निर्वाचन लक्षित प्रचार रणनीतिबारे विशेष निर्देशन दिनुभएको थियो ।

महासंघका उपाध्यक्ष पन्नालाल दास र सचिव पुष्प खतिवडालगायतको उपस्थिति रहेको उक्त बैठकले संगठनमा आबद्ध सबै पत्रकारहरूलाई व्यावसायिक मर्यादा कायम राख्दै राष्ट्रियता र समृद्धिका लागि एमालेका उम्मेदवारहरूका पक्षमा सकारात्मक वातावरण बनाउन र विपक्षीका भ्रमहरूलाई चिर्दै जनस्तरमा बलियो प्रभाव पार्न सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया
शेयर