नेकपा एमाले झापामा जुर्मुराए युवा: सतिसाल झैं उभिने संकल्पका साथ भोलिन्टियर फोर्स गठन

छानबिन न्यूज
पाठक संख्या 222
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

३ माघ,बिर्तामाेड । झापाको बिर्तामोडस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच विकास गिरीको नेतृत्वमा ६२ सदस्यीय ‘युथ भोलिन्टियर फोर्स’ घोषणा गरिएको छ।

फोर्सका केन्द्रीय कमान्डर पुष्पराज श्रेष्ठले गिरीलाई जिल्ला कमान्डर तथा भानु सुब्बा र बाबु लिम्बुलाई सहायक कमान्डरको जिम्मेवारीसहित सपथ ग्रहण गराउँदै संगठनको पहिलो जिल्ला नेतृत्व सार्वजनिक गरेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले नेपाली जनताको सुरक्षा र देशभित्र भइरहेका विदेशी चलखेल विरुद्ध युवाहरूलाई एक हुन आह्वान गर्दै, देशको रक्षाका लागि यो फोर्स सतिसाल झैं उभिने र देशभर संगठन विस्तार गरिने बताए ।

नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गरी निर्वाचनमा बहुमत ल्याउन युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै उहाँले देश जलाउने र बनाउने शक्तिबीचको भिन्नता बुझ्न समेत आग्रह गरे ।

एमाले केन्द्रीय सदस्य रोमनाथ ओली, उपाध्यक्ष शिव ढुङ्गेल लगायतका नेताहरूको उपस्थिति रहेको सो कार्यक्रममा नवनियुक्त कमान्डर विकास गिरीले अब जिल्लाका टोलटोलमा सुरक्षा दस्ताका रूपमा संगठन विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका थििए ।

प्रतिक्रिया
शेयर