निर्वाचन आयोगमा कांग्रेसका दुई पक्षबीच विवाद: सुरक्षा व्यवस्था कडा

छानबिन न्यूज
पाठक संख्या 195
1 Min Read
Oplus_16908288

 

२ माघ,काठमाण्डाैं ।  आसन्न निर्वाचनको तयारीका बीच नेपाली कांग्रेस विभाजनपछि आधिकारिकता दाबी गर्न दुई पक्षीय नेता-कार्यकर्ताहरूको आउजाउ र धर्ना बाक्लिएपछि निर्वाचन आयोग परिसरको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।

आजै शेरबहादुर देउवा र गगन थापा नेतृत्वका दुवै पक्षका नेताहरूले आयोग पुगेर आफ्नो पक्षको आधिकारिकता दाबी गरेका थिए भने सोही क्रममा दुवै समूहका कार्यकर्ताहरूले पालैपालो आयोग परिसरमा धर्ना समेत दिएका छन्।

केहीबेरअघि थापा पक्षका कार्यकर्ताहरू धर्नामा बसेका थिए भने अहिले तरुण दलका अध्यक्ष विद्वान गुरुङसहित देउवा पक्षका नेता-कार्यकर्ताहरू धर्नाका लागि आयोग पुगेका छन्।

सम्भावित झडप र तनावलाई मध्यनजर गर्दै अहिले आयोगको मुख्यद्वारमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ र सुरक्षा सतर्कताका लागि बाहिर ‘वाटर क्यानन’ समेत तयारी अवस्थामा राखिएको छ।

प्रतिक्रिया
शेयर