ऊर्जामन्त्री कुलमान घिसिङद्वारा राजीनामा, काठमाडौं ३ बाट चुनाव लड्ने तयारी

छानबिन न्यूज
पाठक संख्या 177
1 Min Read

२३ पुस,काठमाण्डाैं  । आगामी आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने तयारीमा रहेका ऊर्जामन्त्री कुलमान घिसिङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलमा आबद्ध मन्त्रीहरूलाई मार्गप्रशस्त गर्न आग्रह गरेपछि, घिसिङले केहीबेरअघि बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा जोडिएसँगै निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि नै पद त्याग्ने सोचमा रहेका उनले सोही योजनाअनुरूप सक्रिय राजनीतिमा होमिन यो कदम चालेका हुन्।

प्रतिक्रिया
शेयर