१२ जेठ,बारा । महोत्तरीको बर्दिबास नगरपालिका–३ मा अव्यवस्थित बसोबास खाली गराउन सूचना दिन गएको प्रहरीसहितको वन कार्यालयको टोलीलाई स्थानीयले सोमबार दिउँसोदेखि मंगलबार बिहान २ बजेसम्म घेराबन्दीमा पारी डिभिजन वन कार्यालय महोत्तरीको सरकारी गाडीमा सोमबार राति आगजनी गरेका छन् ।
गाडी जलाएलगत्तै स्थानीय बासिन्दाले रुख ढालेर बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध गरी रातभर प्रदर्शन गरेका थिए भने अवरोध हटाउन र छलफलका लागि पुगेका सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।
बस्ती खाली गराउने सूचनाको विरोधमा आक्रोशित बनेका स्थानीयहरूले मंगलबार बिहानैदेखि पुनः रुख ढालेर बीपी राजमार्ग ठप्प पार्दै आफ्नो प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।
प्रतिक्रिया
