सर्लाहीको इँटा उद्योगमा चाङ खस्दा तीन मजदुरको मृत्यु, दुई घाइते

छानबिन न्यूज
पाठक संख्या 47
1 Min Read
Oplus_16908288

१ बैसाख, बारा । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित बीरेन्द्र चौधरीको कृष्ण इँटा उद्योगमा शुक्रबार साँझ करिब ६ बजे इँटा निकाल्ने क्रममा चाङ  खस्दा तीन मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा परी गोडैता नगरपालिका–७ रामवन निवासी ५० वर्षीय फिताई मन्सुर, गोडैता नगरपालिका–९ निवासी ३५ वर्षीय शम्भु राउत र भारतको लखिमपुर निवासी ३५ वर्षीय अंगद कुमारको मृत्यु भएको हो, जसलाई अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको जानकारी साँझ ६:३० बजे पाएलगत्तै प्रहरी टोलीले घटनास्थल पुगेर तत्काल उद्धार कार्य सुरु गरेको थियो भने अहिले पनि जेसीबीमार्फत थप खोज तथा पन्छाउने कार्य जारी राखिएको छ ।

दुर्घटनामा घाइते भएका मलंगवा नगरपालिका–७ निवासी ३२ वर्षीय तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा र ५२ वर्षीय सत्यनारायण महतोको स्थानीय क्लिनिक मजुर्वामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।

प्रतिक्रिया
शेयर