कीर्तिपुर हत्या प्रकरणका मुख्य अभियुक्त शाही प्रहरीको गोली प्रहारबाट घाइते अवस्थामा पक्राउ

छानबिन न्यूज
पाठक संख्या 81
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

३१ बैसाख,काठमाण्डाैं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा गत २३ वैशाखमा दिउँसै भएको २२ वर्षीय विपिन घिमिरेको हत्याका मुख्य अभियुक्त सुजन शाहीलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखा क्षेत्रमा लुकिछिपी बसेका शाहीलाई नियन्त्रणमा लिन खोज्दा फरार हुन खोजेपछि घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिएको हो र हाल उनलाई उपचारका लागि अस्पताल पठाइएको छ।

साथी–साथीबीचको विवादका क्रममा धारिलो हतियार प्रहार गरी घिमिरेको हत्या गरिएको उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि नै अछामका महेन्द्र शाह तथा कैलालीका रवीन्द्र धामी र रोशन बिष्टलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइसकेको छ।

सीसीक्यामेरा फुटेजमा ६ जनाको समूह देखिएको सो घटनामा संलग्न केही व्यक्तिहरू केही समयअघि मात्रै हिरासतबाट छुटेका अपराधीहरू समेत रहेको खुलेको छ भने मुख्य अभियुक्त फरार रहेकै अवस्थामा ३१ वैशाखमा प्रहरी कारबाहीमार्फत समातिएका हुन्।

प्रतिक्रिया
शेयर