स्वास्थ्य जटिलताका कारण ओलीको अस्पताल बसाइ लम्बियो, मंगलबार शल्यक्रिया हुने

छानबिन न्यूज
पाठक संख्या 104
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

२६ चैत,काठमाण्डाैं । जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परी १३ दिनपछि हिरासतमुक्त भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य अवस्थामा सुधार नभएका कारण अझै केही दिन अस्पतालमै रहने भएका छन् ।

प्रहरीले आजै ओलीलाई पत्नी राधिका शाक्यको जिम्मा लगाएर छाडे पनि सुगरको अस्वाभाविक वृद्धि, थाइराइड र पत्थरी जस्ता ‘मल्टिपल’ स्वास्थ्य समस्या देखिएका कारण शिक्षण अस्पतालले उनलाई डिस्चार्ज नदिने भएको हो ।

आगामी मंगलबार पत्थरीको शल्यक्रिया गर्ने तयारी गरिरहेका चिकित्सकहरूले विभिन्न स्वास्थ्य जटिलताका कारण शल्यक्रिया गर्दा हुन सक्ने जोखिमबारे परामर्श गरिरहेका छन् भने उनका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार सबै विभागको सहमति लिनुपर्ने भएकाले आइतबार पुनः भर्ना गर्ने गरी घर पठाउने सम्भावना न्यून रहेको र चिकित्सकहरूको अन्तिम सल्लाहपछि मात्रै थप निर्णय हुनेछ ।

प्रतिक्रिया
शेयर