निर्वाचनको तयारीमा नेकपा एमाले: जीतपुरसिमरा-१६ मा ज्वाला कुमारी साहको उपस्थितिमा भेला सम्पन्न

छानबिन न्यूज
पाठक संख्या 228
1 Min Read

१९ माघ,बारा ।  नेकपा एमालेको तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ कि उम्मेदवार तथा एमाले कन्द्रिय सदस्य ज्वाला कुमारी साहको प्रमुख आतिथ्यतामा आज  जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित प्रसिद्ध जलेश्वर मन्दिर, कतर्वाको प्राङ्गणमा वडा भेला तथा कार्यकर्ता अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

आगामी निर्वाचनको रणनीतिक तयारी र संगठन सुदृढीकरणलाई मुख्य एजेन्डा बनाइएको उक्त कार्यक्रममा उम्मेदवार साहले आसन्न निर्वाचनमा एमालेको जित सुनिश्चित गर्न कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ जनताको घरदैलोमा पुग्न निर्देशन दिनुभयो।

वडास्तरका अगुवा कार्यकर्ता र समर्थकहरूको उत्साहजनक सहभागिता रहेको उक्त भेलाले निर्वाचनको वातावरणलाई थप ऊर्जावान् बनाउँदै स्थानीय विकास र जनजीविकाका सवालमा पार्टीको प्रतिबद्धतालाई जनस्तरसम्म पुर्‍याउने संकल्प समेत गरेको छ।

प्रतिक्रिया
शेयर