निर्वाचन आचारसंहिता: एआईको दुरुपयोग र सामाजिक सञ्जालमा कडाइ

छानबिन न्यूज
पाठक संख्या 64
1 Min Read

२७ पुस,काठमाण्डाैं ।   आगामी माघ ३ गतेदेखि लागू हुने गरी तयार पारिएको आचारसंहितामा निर्वाचनको स्वच्छता कायम गर्न ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) को दुरुपयोग गरी कसैलाई होच्याउने, दुष्प्रचार गर्ने वा भ्रामक सूचना फैलाउने कार्यलाई पूर्णतः निषेध गरिएको छ ।

निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले नक्कली सामाजिक सञ्जाल एकाउन्ट वा साइटहरू खोल्न नपाइने व्यवस्था गर्दै आयोगले कुनै पनि सूचनालाई तोडमोड गरी पोष्ट, रिपोष्ट, कमेन्ट, लाइभ स्ट्रिमिङ वा ट्याग गर्न समेत रोक लगाएको छ ।

यसका साथै, निर्वाचनको विश्वसनीयतामा आँच आउने गरी आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा लान्छना लगाउन, कसैको चरित्र हत्या गर्न वा व्यक्तिगत मानहानी हुने सामग्री उत्पादन र प्रसारण गर्न पाइने छैन ।

मतदाताको गोपनीयता भङ्ग गर्ने र निर्वाचनको निष्पक्षतालाई प्रभावित पार्ने कुनै पनि अवाञ्छित गतिविधिलाई आचारसंहिताको दायरामा ल्याउँदै आयोगले यसपटक डिजिटल माध्यमको अनुगमनमा विशेष जोड दिएको छ ।

प्रतिक्रिया
शेयर