बारामा साढे चार किलो गाँजासहित एक महिला पक्राउ

छानबिन न्यूज
पाठक संख्या 89
1 Min Read
Oplus_16908288

१३ जेठ,बारा । ​अस्थायी प्रहरी पाेष डुमरबानाले बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ खयरघारीबाट लागू औषध गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।

विशेष गोप्य सूचनाको आधारमा आज दिउँसो अन्दाजी साढे तिन बजे अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) दिपेन्द्र साहको कमान्डमा खटिएको टोलीले स्थानीय बिक्रम स्याङतानको सुत्ने कोठामा बोराभित्र लुकाई छिपाई राखिएको अवस्थामा करिब ४ किलो ४ सय ग्राम लागू औषध गाँजा बरामद गरेको हो।

प्रहरीले गाँजा फेला परेपछि उक्त स्थानमा रहेकी बिक्रम स्याङतानकी ४८ वर्षीया श्रीमती मित्रा देवी स्याङतानलाई नियन्त्रणमा लिएको र उनीमाथि थप अनुसन्धानका लागि बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश राज भट्टले प्रेस विज्ञाप्तिमार्फत जानकारी गराएका छन ।

प्रतिक्रिया
शेयर