११ जेठ,बारा । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
यही जेठ ४ गते वीरगञ्जको होटल दियालोबाट पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको हो ।
अदालतले मुद्दा दर्तासँगै भएको बयान नसकिएकाले उनलाई मंगलबार (जेठ १२ गते) पुनः उपस्थित गराउने गरी प्रहरी हिरासतमै पठाएको छ ।
प्रतिक्रिया
