प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा दुई सदस्यको ‘नोट अफ डिसेन्ट’

छानबिन न्यूज
पाठक संख्या 120
1 Min Read
Oplus_16908288

२४ बैसाख,काठमाण्डाैं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयप्रति राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले ‘नोट अफ डिसेन्ट’ लेख्दै असहमति जनाएका छन्।

प्रधानमन्त्री बालेन शाहले विधि र स्थापित परम्परा मिचेर शर्माको नाम अगाडि सारेको भन्दै विपक्षी दलहरूले असहमति दर्ज गरेको बुझिएको छ ।

बैठकमा सहभागी परिषद्का सदस्यहरूले विधि र अभ्यासअनुसार अघि बढ्न दिएको सुझावलाई बेवास्ता गरिएको बताएका छन्।

दाहाल र आङ्देम्बेले स्थापित मापदण्ड र परम्परा पछ्याउनुपर्ने तर्क राखे पनि प्रधानमन्त्री शाहले भने क्षमता र योग्यताका आधारमा शर्मा नै उपयुक्त पात्र भएको दाबी गर्दै उक्त सिफारिस प्रक्रिया अघि बढाएका हुन्।

प्रतिक्रिया
शेयर