साथी–साथीबीचको झगडामा कीर्तिपुरमा एक युवकको बीभत्स हत्या

छानबिन न्यूज
पाठक संख्या 70
1 Min Read
Oplus_16908288

२३ वैशाख,काठमाण्डाैं । काठमाडौँको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा मंगलबार दिउँसो साथीहरूबीचको आपसी झगडामा धारिलो हतियार प्रहार हुँदा विपिन घिमिरे नामका एक युवकको हत्या भएको छ।

दिउँसो साढे २ बजेको समयमा भएको उक्त आक्रमणबाट गम्भीर घाइते भएका घिमिरेलाई उपचारका लागि तत्काल कीर्तिपुर अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको र उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। प्रहरीले आरोपीहरू चाँडै पक्राउ पर्ने र घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया
शेयर