सुकुम्वासीको गर्जन: जिताएर प्रधानमन्त्री बनायौँ, बदलामा डोजर पायौँ

छानबिन न्यूज
पाठक संख्या 52
1 Min Read
Oplus_16908288

२३ बैसाख,बारा । झापा क्षेत्र नं ५ बाट अत्यधिक मतका साथ विजयी भई प्रधानमन्त्री बनेका बालेन्द्र शाहले सुकुम्वासी र भूमिहीन बस्तीमा डोजर चलाउन सुरु गरेपछि सो क्षेत्रका बासिन्दाहरू कडा आन्दोलनमा उत्रिएका छन्।

आफूले भरोसा गरेर जिताएको जनप्रतिनिधि नै सरकार प्रमुख बनेपछि उचित विकल्पविना सुरक्षाकर्मी र डोजर प्रयोग गरेर उठिबास गराउन खोजिएको भन्दै अखिल नेपाल सुकुम्वासी सङ्घ र भूमि अधिकार तथा श्रमिक सङ्गठनको अगुवाइमा दमक, कमल गाउँपालिका र बिर्तामोडमा दिनहुँ नारा-जुलुस र विरोध प्रदर्शन भइरहेका छन्।

वर्षौँदेखि बसोबास गर्दै आएका सुकुम्वासीहरूले मानवीयताको ख्याल नगरी जबरजस्ती विस्थापित गर्न खोजिएकोमा आक्रोश पोख्दै यथास्थानमै भूमिको स्वामित्व दिलाउन माग गरेका छन्।

यता स्थानीय सरकारहरू भने सङ्घीय सरकारको यस अभियानको विपक्षमा उभिएका छन्; दमक नगरपालिकाका मेयर रामकुमार थापाले प्रशासनको पत्राचारप्रति आपत्ति जनाउँदै स्थानीय सरकार प्रहरी चौकी नभएको र कुनै पनि नागरिकको घरबार नउठाइने स्पष्ट पारेका छन ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पनि डोजर चलाउनुको साटो लालपुर्जा वितरणमा ध्यान दिन सङ्घीय सरकारलाई आग्रह गरेका छन ।

प्रतिक्रिया
शेयर