नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन

छानबिन न्यूज
पाठक संख्या 51
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१४ बैसाख,काठमाण्डाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको आन्तरिक एकताको सन्देश प्रवाह गर्न समानुपातिक सांसद एवं सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि कांग्रेसले पहिलोपटक सर्वसम्मत रूपमा दलको नेता चयन गर्न लागेको यो ऐतिहासिक कदमलाई अब बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्ने तयारी गरेको छ।

सुरुमा अर्जुननरसिंह केसी र मोहन आचार्य पनि प्रमुख दाबेदारका रूपमा देखिए तापनि उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरूले एकताका लागि आङ्देम्बेको नाम अघि सारेका थिए ।

 उनलाई सभापति शेरबहादुर देउवा र शेखर कोइराला दुवै पक्षका नेताहरूको समर्थन रहेको छ।

१४ औं महाधिवेशनमा देउवा प्यानलबाट निर्वाचित भए तापनि आफूलाई कुनै समूहको लेबल नलगाउन र सभापति गगन थापाको भावना अनुसार काम गर्न तयार रहेको स्पष्ट पारेका आङ्देम्बेको पक्षमा ३८ सदस्यीय संसदीय दलमा स्पष्ट बहुमत पुग्ने देखिएको छ।

प्रतिक्रिया
शेयर