प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् विस्तार: उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त

छानबिन न्यूज
पाठक संख्या 34
1 Min Read
Oplus_16908288

२७ चैच,बारा । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग र श्रम मन्त्री नियुक्त गरेका छन्, जसअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा सांसद गौरीकुमारी यादवलाई उद्योग र रामजी यादवलाई श्रम मन्त्रीको जिम्मेवारी सुम्पिएका हुन्।

महोत्तरी ४ बाट निर्वाचित गौरीकुमारी र सप्तरी २ बाट निर्वाचित रामजी दुवैले गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचन जितेका थिए।

 नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आजै राष्ट्रपति भवन शीतल निवासमा हुने कार्यक्रम तय भएको छ।

यसअघि प्रधानमन्त्री शाहले उद्योग मन्त्रालय आफैँसँग राख्दै आएका थिए भने श्रम मन्त्री रहेका दीपककुमार साहलाई रास्वपा सभापति रवि लामिछानेको सिफारिसमा बिहीबार मात्रै पदमुक्त गरिएको थियो।

प्रतिक्रिया
शेयर