पर्साको सुरक्षा कमान्ड सम्हाल्न एसपी सुवेदी वीरगञ्जमा: तस्करी र जुवातास नियन्त्रण मुख्य चुनौती

छानबिन न्यूज
पाठक संख्या 66
1 Min Read

६ फागुन,पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठक पितृशोकका कारण बिदामा बसेपछि प्रहरी प्रधान कार्यालयले रिक्त स्थानको कमान्ड सम्हाल्न एसपी नरेशराज सुवेदीलाई आकस्मिक रूपमा पर्सा खटाएको छ।

हाल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत सुवेदीलाई निर्वाचनको संवेदनशील घडीमा जिल्लालाई नेतृत्वविहीन राख्न नहुने सुरक्षा संवेदनशीलता र प्रशासनिक सुव्यवस्थाका आधारमा केही दिनका लागि वीरगञ्ज पठाइएको हो।

कार्यभार सम्हालेसँगै एसपी सुवेदीका सामु मुख्यगरी सीमावर्ती क्षेत्रमा हुने संगठित तस्करीको जालो तोड्ने र वीरगञ्जका विभिन्न स्थानमा हुने भनिएको ‘कौडा’ लगायतका अवैध जुवातासलाई पूर्णतः नियन्त्रण गर्ने गम्भीर चुनौती रहेका छन्।

तस्करी नियन्त्रणका लागि नाकामा कडा निगरानी र भन्सार छली रोक्न विशेष अपरेसन सञ्चालन गर्ने तथा अवैध जुवा अखडाहरूमा ‘जिरो टोलरेन्स’ नीति अख्तियार गर्दै सुवेदीले पर्साको सुरक्षा व्यवस्थालाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
शेयर