लागूऔषध कारोबारीमाथि प्रहरीको निगरानी: चन्द्रनिगाहपुरमा तौलने मेसिनसहित ४ जना समातिए

छानबिन न्यूज
पाठक संख्या 42
1 Min Read
Oplus_16908288

४ फागुन,राैतहट ।  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गका अनुसार गोप्य सूचनाका आधारमा खटिएको विशेष टोलीले आइतबार रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा बागमती निवासी ३२ वर्षीय तुलबहादुर लामा, चन्द्रपुर–४ स्थित गणेश चोकमा डेरा गरी बस्ने २३ वर्षीया प्रिया तामाङ, ३५ वर्षीय राज बलम पाख्रिन मगर र चन्द्रपुर–१ निवासी २९ वर्षीय प्रशान्त तामाङ रहेका छन् ।

सुरुमा शंकास्पद अवस्थामा भेटिएका लामाको बयानका आधारमा प्रहरीले अन्य व्यक्तिहरूलाई उनीहरूकै डेरा र घरबाट पक्राउ गरेको हो, जहाँबाट २४० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ, तौलने मेसिन, र प्याकेजिङमा प्रयोग हुने सामग्रीहरू समेत बरामद गरिएको छ ।

हाल नियन्त्रणमा रहेका चारै जनामाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
शेयर