४ फागुन,काठमाण्डाैं । इटालीलाई २४ रनले पराजित गर्दै साविक विजेता इंग्ल्यान्ड भारत र श्रीलंकामा जारी टी–२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ।
कोलकाताको इडेन गार्डेन्समा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले विल ज्याक्सको कीर्तिमानी अर्धशतक (२१ बलमै ५० रन) को मद्दतले ७ विकेट गुमाएर २०२ रनको विशाल योगफल तयार पारेको थियो।
प्रत्युत्तरमा २०३ रनको लक्ष्य पछ्याएको इटालीले बेन मनेन्टीको ६० रन र ग्रान्ट स्टवार्टको ४५ रनको आक्रामक पारीका बाबजुद २० ओभरमा १७८ रन मात्र बनाउन सक्यो र प्रतियोगिताबाट बाहिरियो।
बलिङतर्फ इंग्ल्यान्डका साम करन र जेमी ओभर्टनले समान ३–३ विकेट लिएपछि समूह ‘सी’ बाट वेस्ट इन्डिजसँगै इंग्ल्यान्डले अघिल्लो चरणको यात्रा तय गर्दा नेपाल, स्कटल्यान्ड र इटाली भने समूह चरणबाटै बिदा भएका छन्।
प्रतिक्रिया
