सर्लाहीमा सव–इन्जिनियरमाथि गोली प्रहार: मलंगवामा त्रास, प्रहरीद्वारा अनुसन्धान सुरु

छानबिन न्यूज
पाठक संख्या 208
1 Min Read
Oplus_16908288

३ फागुन,सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा आइतबार साँझ एक सरकारी कर्मचारीमाथि गोली प्रहार भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय, सर्लाहीमा कार्यरत सव–इन्जिनियर धीरेन्द्र शाहलाई लक्षित गरी अज्ञात समूहले गोली प्रहार गरेको हो।

​मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका शाहमाथि उनी निवास नजिकै रहेको अवस्थामा आक्रमण भएको प्रहरीले जनाएको छ। गोली लागेर घाइते भएका शाहलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। उनको अवस्था र आक्रमणको कारणबारे विस्तृत विवरण आउन बाँकी छ।

​जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार घटनालगत्तै प्रहरी टोली परिचालन गरिएको छ। “घटनाको जानकारी पाउनासाथ हामीले घाइतेलाई उपचारका लागि पठाएका छौँ र आक्रमणकारीको खोजी तीव्र पारिएको छ,” डिएसपी राईले भन्नुभयो। घटनास्थललाई सिल गरी प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरिसकेको छ।

प्रतिक्रिया
शेयर