२९ माघ,काठमाण्डाैं । मुम्बईको वानखेडे मैदानमा जारी टी–२० विश्वकपको आफ्नो दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले इटालीसामु जितका लागि १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
यसअघि बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डविरुद्ध १८० रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेको नेपालले आज इटालीविरुद्ध भने अपेक्षित ब्याटिङ गर्न सकेन र १९.३ ओभरमा १२३ रनमा समेटिँदै अलआउट हुन पुग्यो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन जोडे भने कप्तान रोहित पौडेलले २३, आसिफ शेखले २०, करण केसीले अविजित १८ र दीपेन्द्र सिंह ऐरीले १७ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले ३ विकेट लिएर नेपालको इनिङ्स ध्वस्त पारे भने बेन मनेन्टीले २ विकेट हात पारे । अघिल्लो खेलमा ४ रनको झिनो अन्तरले पराजित भएको नेपाललाई यस खेलमार्फत पुनरागमन गर्न अब कसिलो बलिङको आवश्यकता देखिएको छ ।
