टिकटकले तीन महिनामा हटायो नेपालका २८ लाख भिडियो

छानबिन न्यूज
पाठक संख्या 30
1 Min Read
Oplus_16908288

​२९ माघ,काठमाण्डाैं ।  सन् २०२५ को तेस्रो त्रैमासिक (जुलाईदेखि सेप्टेम्बर) सम्मको अवधिमा सामाजिक सञ्जाल टिकटकले नेपालबाट प्रेषित २८ लाख भिडियोहरू आफ्नो प्लेटफर्मबाट हटाएको छ।

बीबीसीका अनुसार, गत भदौमा ‘जेनजी’ आन्दोलन चर्किएका बेलादेखि मापदण्डविपरीतका सामग्री पोस्ट हुने क्रम बढेसँगै टिकटकले यी भिडियोहरू हटाएको हो।

बिहीबार सार्वजनिक हुन लागेको पछिल्लो त्रैमासिक प्रतिवेदनले नेपालमा टिकटकको मापदण्ड उल्लंघन गर्ने भिडियोहरूको संख्या बढ्दो क्रममा रहेको देखाएको छ।

तथ्याङ्कअनुसार सन् २०२५ को पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा ३२ प्रतिशत बढी भिडियो हटाइएका थिए भने दोस्रो त्रैमासिक (अप्रिल–जुन) मा २४ लाख ७६ हजार ३४५ भिडियो हटाइएको थियो, जुन पहिलो त्रैमासिकको तुलनामा झन्डै ६ लाखले बढी हो।

​चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले अधिकांश भिडियोहरू ‘अटोमेटेड डिटेक्शन सिस्टम्स’ मार्फत हटाउने गरेको छ। प्रतिवेदनका अनुसार जुलाई–सेप्टेम्बर अवधिमा हटाइएका भिडियोहरूमध्ये ‘प्रोएक्टिभ रिमुभल रेट’ ९९.७ प्रतिशत र २४ घण्टाभित्रै हटाइएका भिडियोको दर (रिमुभल रेट विथइन ट्वेन्टी फोर आवर्स) ९८ प्रतिशत रहेको छ।

विशेषगरी संवेदनशील तथा वयस्क सामग्री, गोपनीयता र सुरक्षा मापदण्डविपरीतका पोस्ट, मानसिक तथा व्यवहारगत स्वास्थ्यमा असर पुऱ्याउने सामग्री, मिथ्या सूचना र एआईद्वारा सिर्जित (डीपफेक) सामग्रीहरूलाई टिकटकले प्रतिबन्ध लगाउने गरेको छ।

प्रतिक्रिया
शेयर