बारा क्षेत्र नं. ३ मा बढ्दो एमालेको क्रेज: ज्वालाकुमारी शाहलाई जिताउन मतदाता एकजुट

छानबिन न्यूज
पाठक संख्या 45
1 Min Read

२२ माघ,बारा ।  नेकपा एमालेकी केन्द्रीय सदस्य तथा बारा क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार, पूर्वमन्त्री ज्वालाकुमारी शाहको पक्षमा चुनावी माहोल निकै बलियो बन्दै गएको छ।

यसैक्रममा आज कलैया उपमहानगरपालिका वडा नम्बर २०, बसतपुरमा आयोजित भव्य घरदैलो कार्यक्रम सम्पन्न भएको छ, जहाँ स्थानीय मतदाताको उत्साहजनक उपस्थिति र समर्थनले सूर्य चिह्नको विजय सुनिश्चित भएको संकेत गरेको छ।

घरदैलोलाई तीव्रता दिँदै मतदाताका समस्या प्रत्यक्ष सुन्ने र विकासका प्रतिबद्धता जनाउने क्रममा शाहलाई गाउँवासीले भव्य स्वागत गर्दै जीतको शुभकामना दिएका छन्।

क्षेत्र नम्बर ३ मा शाहको बढ्दो लोकप्रियता र एमालेप्रतिको जनलहरले विपक्षी खेमामा हलचल मच्चाएको छ भने ‘सुर्य’ चिह्नमा मतदान गरी विकास र समृद्धिका लागि शाहलाई जिताउन स्थानीयहरू एकजुट भएका छन्।

प्रतिक्रिया
शेयर