स्कटल्यान्डसँग पराजित हुँदै नेपाली महिला टोली विश्‍वकप छनोटबाट बाहिरियो

छानबिन न्यूज
पाठक संख्या 64
1 Min Read
Oplus_16908288

१२ माघ,काठमाण्डाैं ।  नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ।

सोमबार भएको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको सुपर सिक्स पुग्ने सपना समाप्त भएको हो। जितका लागि पाएको १४१ रनको बलियो लक्ष्य पछ्याउने क्रममा नेपालले १३.५ ओभरमा ६८ रन बनाउँदा ९ विकेट गुमाएको अवस्थामा इनिङ समाप्त भयो, जसमा कप्तान इन्दु बर्मा सातौँ ओभरमा चोटग्रस्त भएर मैदान छाड्नु मुख्य मोड साबित भयो।

नेपालका तर्फबाट बिन्दु रावल र रोमा थापाले समान १४ रन तथा रुबिना क्षेत्रीले १० रनको योगदान दिए पनि अन्य ब्याटर चल्न सकेनन् भने स्कटल्यान्डका लागि अब्ताहा मकसुदले ३ तथा कप्तान क्याथरिन ब्राइस र क्याथरिन फ्रेजरले २-२ विकेट लिएर नेपालको इनिङ धराशायी बनाए।

प्रतिक्रिया
शेयर